त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेकाे छ । विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार विमान उड्ने क्रममा दुर्घटनामा परेको थियो ।
विमान काठमाडौंबाट पोखरा जान लागेको उनले बताए ।
ठाकुरका अनुसार विमानमा चालक दलका सदस्यसहित १९ जना सवार थिए ।
दुर्घटनापछि अहिले जहाजबाट धुवाँको मुस्लो देखिएको छ । अग्नि नियन्त्रक र सुरक्षाकर्मीहरुको टोली नियन्त्रणको प्रयासमा छन् ।
घटनाबारे विस्तृत विवरण भने आउन बाँकी छ ।
अपडेट जारी छ…
जहाजमा लागेकाे आगो नियन्त्रणमा, यात्रुहरुकाे उद्धार गरिँदै