क्याप्टेनको जिवितै उद्धार, चार यात्रुको शव निकालियो

काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनापछि अहिले उद्धार कार्य जारी छ ।
उद्धारका क्रममा जहाजका क्याप्टेन मनिष शाक्यको जिवितै उद्धार गरिएको छ । घाइते अवस्थामा रहेको शाक्यलाई दुर्घटना स्थलमा भेटिएको थियो ।
उद्धारपछि उनलाई सिनामंगलको केएमसी अस्पताल लगिएको काठमाडौं उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।
क्याप्टेन शाक्यको जिवितै उद्धार हुन सफल भएपनि अन्य यात्रुको अवस्था सामान्य देखिन्न । हालसम्म उद्धारका क्रममा चार यात्रु मृत फेला परेका छन् । अग्नि नियन्त्रकहरुले चार जनाको शव निकालेका हुन् ।
उद्धार कार्य जारी रहेको कारण अन्य यात्रुको पनि अवस्था के छ भन्ने यकिन छैन ।
सम्बन्धित समाचार
जहाजमा लागेकाे आगो …