पीडित महिलाले उजुरी दिएपछि प्रस्तावित आयुक्त प्रधानले नाम फिर्ता लिए

काठमाडौं । निर्वाचन आयोगको आयुक्तमा प्रस्तावित कृष्णमान प्रधानले आफ्नो नाम फिर्ता लिएका छन् । उनीबारे निर्णय लिन संघीय संसद्को संसदीय सुनुवाइ समिति बैठक आज ५ बजे बस्दै थियो ।
सोमबार बिहान साढे ११ बजे बस्ने भनिएको बैठक साँझ ५ बजेसम्म सारिएको थियो । बैठकले प्रस्तावित आयुक्त प्रधानलाई अनुमोदन गर्ने वा नगर्ने भन्ने विषयमा निर्णय लिने भएको थियो । तर समितिले निर्णय नगर्दै उनले नाम फिर्ता लिएका हुन् ।
प्रधानमाथि महिलालाई यौन शोषण गरेको आरोप छ । पीडित महिलाले समितिमा पुगेर बयान दिएकी थिइन् । उनले उजुरी प्रधानविरुद्ध पनि दिएकी थिइन् । सुनुवाइका …