किन भारी अंकले घट्यो नेप्से ?

काठमाडौं । साताको दोस्रो कारोबार दिन (मंगलबार) सेयर बजार परिसूचक (नेप्से)मा भारी गिरावट भएको छ । नेप्से सूचक १४५.०५ अंकले घट्दै २६५१.३२ को बिन्दुमा झरेको छ । समग्रमा यस दिन ५.१८ प्रतिशतले नेप्से घटेको छ ।
भारी अंकले नेप्से घटेपनि कारोबार रकमले भने नयाँ किर्तीमानी कायम गरेकाे छ । यस दिन ५ करोड ३८ लाख ४४ हजार कित्ता सेयर किनबेच हुँदा कारोबार रकम २३ अर्ब ७१ करोड १६ लाख रुपैयाँ बराबरको भयो ।
यस दिन सबैभन्दा बढी फाइनान्स, होटल तथा पर्यटनको सूचक घट्यो ।
फाइनान्स ८.२७ प्रतिशतले घट्दा होटल तथा पर्यटन ८.०३ले घट्यो …