२९ सयमाथि नेप्से, कारोबार रकममा फेरि नयाँ रेकर्ड

काठमाडौं । सेयर बजार परिसूचक (नेप्से) २९ सयको बिन्दुमाथि उक्लिएको छ । आइतबार ९४.४६ अंकले बढ्दै २८६०.८४ को बिन्दुमा उक्लिएको नेप्से सोमबार ७०.८१ को अंकले बढ्दै २९३१.६५ को बिन्दुमा उक्लिएको हो । समग्रमा नेप्से २.४७ प्रतिशतले बढेको छ ।
उछालपूर्णरुपमा बढेको नेप्सेले कारोबार रकममा पनि नयाँ किर्तिमानी कायम गरेको छ । ६ करोड ४८ लाख ७६ हजार कित्ता सेयर किनबेच हुँदा कारोबार रकम २७ अर्ब २४ करोड २० लाख रुपैयाँको भयो । यस दिन ३३९ कम्पनीको सेयर किनबेच भएको छ ।
यस दिन कारोबारमा लगानी र उत्पादन तथा प्रशोधन समूहको उपसूचक बाहेक …