काठमाडौं । बंगलादेशमा प्रदर्शनकारीले १९७१ युद्धसँग सम्बन्धित राष्ट्रिय स्मारक भत्काएका छन् । मुजिबनगरमा अवस्थित यो स्मारक भारत-मुक्तिवाहिनी सेनाको विजय र पाकिस्तानी सेनाको पराजयको प्रतीक थियो ।
१६ डिसेम्बर १९७१ मा पाकिस्तानका लेफ्टिनेन्ट जनरल एएके नियाजीले हजारौँ सैनिकसहित भारतीय सेनासमक्ष आत्मसमर्पण गरेका थिए । उनले भारतीय सेनाका अफिसर कमाण्डिङ-इन-चीफ लेफ्टिनेन्ट जनरल जगजीत सिंह अरोराको अगाडि कागजातमा हस्ताक्षर गरे ।
उनको छवि यस स्मारकमा चित्रण गरिएको थियो । तर, सो स्मारक भत्काएको तस्विर अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।