अमेरकाको राष्ट्रपतिका उम्मेदवार ट्रम्पले भने- कमलाले ठगी गरेकी छन्-Sutra News

अमेरकाको राष्ट्रपतिका उम्मेदवार ट्रम्पले भने- कमलाले ठगी गरेकी छन्

मंगलबार, २९ साउन २०८१

मंगलबार, २९ साउन २०८१

काठमाडौं । रिपब्लिकन पार्टीका राष्ट्रपति पदका उम्मेदवार डोनाल्ड ट्रम्पले सोमबार उपराष्ट्रपति कमला ह्यारिसको मिशिगनको र्यालीमा ठूलो भीड नभएको दाबी गरेका छन् ।



ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथमा ह्यारिसलाई नक्कली भीड देखाएको कारणले २०२४ को चुनावका लागि अयोग्य घोषित गर्नु पर्ने बताएका छन् । उनले नक्कली छवि बनाउनु गलत भएको बताए ।

कमलाले बुधबार (७ अगस्ट) मिशिगनको डेट्रोइटमा चुनावी र्‍यालीलाई सम्बोधन गरेकी थिइन् । उक्त र्‍यालीअघि विमानस्थलमा ठूलो भीड जम्मा भएको थियो । यसको तस्बिर सामाजिक सञ्जालमा भाइरल बनेको थियो ।

ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कमलाले एयरपोर्टमा धोका दिएको कसैको ध्यानाकर्षण भयो ? उनले समर्थकहरूको ठूलो भीड देखाइन्, तर त्यस्तो थिएन, उनको प्रतीक्षामा कोही थिएन, उनले ठगी गरेकी छन् ।’

कमला ह्यारिस र टिम वाल्जको चुनावी टोलीले सोशल मिडियामा ट्रम्पको दाबीलाई खण्डन गरेका छन् । उनले कमला र वाल्जलाई हेर्न मिशिगनमा करिब १५ हजार मानिस आएको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट