काठमाडौं । अमेरिकाले बङ्लादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाको आरोपमा खण्डन गरेको छ । उनले आफूलाई पदबाट अपदस्थ गर्न अमेरिकाको हात भएको आरोप लगाएकी थिइन् ।
यसैबीच हसिनालाई अपदस्थ गर्न आफ्नो कुनै संलग्नता नरहेको जनाउँदै हसिनाले अमेरिकालाई लगाएको आरोप झुटो भएको ह्वाइट हाउसले जनाएको छ ।
हसिनाको बर्हिगमनमा अमेरिकी हस्तक्षेपको आरोपबारे सोधिएको प्रश्नको जवाफमा ह्वाइट हाउसका प्रेस सचिव करिन जिन–पियरेले अमेरिकाको कुनै संलग्नता नरहेको प्रष्ट पारेको हो ।
बंगलादेशको राजनैतिक परिवर्तन बंगलादेशी जनताको छनोट रहेको बताउँदै उनले जनताले आफ्नो सरकारको निर्माण र विघटन गर्न पाउनु पर्छ भन्ने पक्षमा अमेरिकाको धारणा रहेको बताए ।
हसिनाका छोरा तथा पूर्व सरकारी सल्लाहकार सजीब वाजेद जोयले अज्ञात विदेशी शक्तिले बंगलादेशको विरोध प्रदर्शनलाई समर्थन गरेको आरोप लगाएका थिए । यद्यपि, उनले कुनै प्रमाण पेश गरेका छैनन् ।