हसिनाले भनिन्- मेरो बुबाको अपमान गरेका छन्-Sutra News

हसिनाले भनिन्- मेरो बुबाको अपमान गरेका छन्

बुधबार, ३० साउन २०८१

बुधबार, ३० साउन २०८१

काठमाडौं । भारतमा निर्वाचनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले देश छाडेपछि एकपछि अर्को अभिव्यक्ति दिँदै आएकी छन् ।



‘बंगबन्धु शेख मुजिबुर रहमान, जसको नेतृत्वमा देशले स्वतन्त्रता हासिल गरेको थियो, उनको अपमान गरिएको छ,’ उनले भनिन, ‘उनीहरू (प्रदर्शनकारी)ले मेरो बुबाको अपमान गरेका छन्, म देशवासीसँग न्याय माग्छु ।’

शेख हसिना बंगलादेश छाडेर अगस्ट ५ मा भारत पुगेकी थिइन । त्यसपछि उनले विभिन्न देशमा जान खोजेकी थिइन् । तर, भिसा नपाएपछि उनी भारतमै बस्दै आएकी छन् ।

शेख हसिनाको यो बयान उनका छोरा सजीब वाजिद जोयलाई उद्धृत गर्दै आएको हो । उनले सामाजिक सञ्जालमा पोस्ट गरेका छन् ।

शेख हसिनाले बंगलादेशी नागरिकलाई अगस्ट १५ मा आफ्ना पिता शेख मुजिब उर रहमानको पुण्यतिथि मनाउन आग्रह गरेकी थिइन् । मुजिब उर रहमानको १५ अगस्ट १९७५ मा गोली हानी हत्या गरिएको थियो ।

यसैबीच बंगलादेशको अन्तरिम सरकारले १५ अगस्टको सार्वजनिक बिदा रद्द गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट