पोखरी फुटेर सोलुखुम्बुमा बाढी आएको पुष्टि-Sutra News

पोखरी फुटेर सोलुखुम्बुमा बाढी आएको पुष्टि

शनिबार, १ भाद्र २०८१

शनिबार, १ भाद्र २०८१

काठमाडौं । पोखरी फुटेर सोलुखुम्बुको खुम्बु-पासाङल्हामु गाउँपालिका ५ थामेमा बाढी आएको पुष्टि भएको छ ।



बाढी प्रभावित क्षेत्रको वस्तुस्थिति बुझ्न र प्रभावित व्यक्तिलाई उद्धार तथा राहत प्रदान गर्न रक्षा मन्त्री मानवीर राईको नेतृत्वमा संघीय र प्रदेशसभा सदस्य, गाउँपालिका अध्यक्ष र प्रमुख जिल्ला अधिकारीसहितको टोलीले हेलिकप्टरमार्फत गरेको अनुगमनका क्रममा पोखरी फुटेर बाढी आएको पुष्टि भएको हो ।

अनुगमनपछि थप बाढीको कुनै खतरा नभएको समेत देखिएको छ । सोलुखुम्बुको थामे खोलामा शुक्रबार लेदोसहितको बाढी आउँदा एक विद्यालयसहित १४ घर बगाएको थियो ।

बाढीबाट प्रभावित ९३ जनालाई नजिकको सामूदायिक भवनमा स्थानान्तरण गरिएको र नेपाली सेनासहितको सुरक्षा फौज र स्थानीय जनप्रतिनिधिको सहयोगमा त्यस क्षेत्रमा उद्धार र राहतको काम भइरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट