मस्कले चाहे सल्लाहकार वा मन्त्री बनाउँछु- ट्रम्प-Sutra News

मस्कले चाहे सल्लाहकार वा मन्त्री बनाउँछु- ट्रम्प

मंगलबार, ४ भाद्र २०८१

मंगलबार, ४ भाद्र २०८१

काठमाडौं । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू राष्ट्रपतिमा विजयी भएमा टेस्लाका मालिक एलन मस्कलाई सल्लाहकार वा मन्त्री बनाउन तयार रहेको खुलासा गरेका छन् ।



समाचार एजेन्सी रोयटर्ससँगको कुराकानीका क्रममा ट्रम्पले मस्कलाई सल्लाहकार वा मन्त्रिपरिषद्को स्थान दिने बताएका हुन् । ट्रम्पले मस्क निकै बुद्धिमान व्यक्ति भएको बताउँदै उनले चाहेमा उनलाई सल्लहाकार वा मन्त्री बनाउने बताए ।

ट्रम्पको भनाइपछि मस्कले एक्समा आफू सरकारको ‘डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिसेन्सी’मा काम गर्न इच्छुक रहेको जवाफ दिएका छन् ।

टेस्ला र एक्सका मालिक मस्कले हालै ट्रम्पसँग एक अन्तर्वार्ता गरेका थिए । एक्सको स्पेसमा प्रशारण भएको अन्तर्वार्ता निकै चर्चित बनेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट