आन्ध्र प्रदेशको उद्योगमा आगलागी हुँदा १८ जनाको मृत्यु-Sutra News

आन्ध्र प्रदेशको उद्योगमा आगलागी हुँदा १८ जनाको मृत्यु

बिहिबार, ६ भाद्र २०८१

बिहिबार, ६ भाद्र २०८१
फाइल तस्बिर ।

काठमाडौं । आन्ध्र प्रदेशको अनकापल्ले जिल्लामा रहेको एक फार्मा कम्पनीमा आगलागी हुँदा अहिलेसम्म १८ जनाको मृत्यु भएको छ ।



आगलागीमा १८ जनाको मृत्यु भएको जानकारी स्थानीय प्रहरीले दिएको छ । हिजो अबेर राति प्रशासनले १७ जनाको मृत्यु भएको पुष्टि गरेको थियो । घटनामा ३६ जना घाइते भएका छन् ।

सबैलाई जिल्लाको एनटीआर अस्पतालमा भर्ना गरिएको छ । घटना अच्युतपुरम सेजमा रहेको फार्मा कम्पनी एस्सेन्टियाको प्लान्टमा भएको हो । प्रत्यक्षदर्शीले पहिले कम्पनीको रिएक्टर नजिकै आगो देखेपछि ठूलो विष्फोट भएको बताए । जसका कारण भवनको पहिलो तल्लाको स्ल्याब भत्किएको थियो ।

कारखानामा दुई सिफ्टमा ३८१ जनाभन्दा बढी कर्मचारी काम गर्ने भएकाले घाइतेको संख्या बढी हुन सक्ने स्थानीयले बताएका छन् । घटना हुँदा अधिकांश कर्मचारी खाजा खान गएका थिए । जसका कारण क्षति कम भएको जनाइएको छ ।

पहिलो तल्लाबाट दोस्रो तल्लामा सोल्भेण्ट तेल पम्प गर्ने क्रममा चुहावट भई आगलागी भएको अधिकारीहरूले बताएका छन् । यसले ५०० किलोलिटरको क्यापेसिटर रिएक्टरमा विस्फोट गराएको थियो ।

मध्यवर्ती रसायन र सक्रिय औषधि सामग्री (एपीआई)को निर्माता एसिएण्टिया एडवान्स्ड साइन्सेजले दुई सय करोड रुपैयाँको लगानीमा यो कारखाना सुरु गरेको हो । यसको उत्पादन अप्रिल २०१९ मा सुरु भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट