घाइते भएका आफ्ना नागरिकलाई भेट्न अस्पताल पुगिन् भारतीय मन्त्री-Sutra News

घाइते भएका आफ्ना नागरिकलाई भेट्न अस्पताल पुगिन् भारतीय मन्त्री

शनिबार, ८ भाद्र २०८१

शनिबार, ८ भाद्र २०८१

काठमाडौं । भारतीय युवा तथा खेलकुद राज्यमन्त्री रक्षा खड्से त्रिवि शिक्षण अस्पताल पुगेकी छन् । उनी शुक्रबार पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी ऐना पहराबाट बस मर्स्याङ्दी नदीमा खस्दा घाइते भएकाको उपचार कक्षमा पुगेकी हुन् ।



दुर्घटनामा १६ जना घाइते भएका थिए । घाइते भएकाहरुको अहिले त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ । २७ जना यात्रुले ज्यान गुमाएका थिए । शनिबार बिहान काठमाडौं आइपुगेकी मन्त्री खड्सेले घाइतेहरुको अवस्था बुझेकी हुन् ।

यसअघि गृहमन्त्री रमेश लेखक त्रिवि शिक्षण अस्पताल पुगेका थिए । यस क्रममा उनले भारतीय राज्य मन्त्री खड्सेसँग संवाद गरेका थिए ।

‘नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले अत्यन्त मेहनतका साथ धेरै चाँडो काम गरेर केही मानिसहरुलाई बचाउन सकियो, केही मानिसहरुको मृत्यु पनि भएको छ, दुःखद् घटना भएको छ, घाइतेहरुको यहाँ उपचार भइरहेको छ,’ गृहमन्त्री लेखकले भने ।

घाइते १६ जनामध्ये एक दुई जनाको अवस्था गम्भीर रहेको छ । बाँकी अवस्था सुधार हुँदै गएको मन्त्री लेखकले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट