अष्ट्रेलियाको बिग बाश लिग खेल्न नेपालका दुई खेलाडी छनोटमा परे-Sutra News

अष्ट्रेलियाको बिग बाश लिग खेल्न नेपालका दुई खेलाडी छनोटमा परे

बुधबार, १२ भाद्र २०८१

बुधबार, १२ भाद्र २०८१

काठमाडौं । अष्ट्रेलियाको चर्चित टी २० लिग बिग बाश लिगको खेलाडीको ड्राफ्ट सूची सार्वजनिक भएको छ ।



आगामी सेप्टेम्बर १ मा हुने खेलाडीको ड्राफ्टका लागि चार सय ३२ विदेशी खेलाडीको ड्राफ्ट सूची सार्वजनिक भएको हो । यस ड्राफ्टमा नेपालका दुई खेलाडी समावेश भएका छन् ।

नेपालका स्पिनरद्वय सन्दीप लामिछाने र ललित नारायण राजवंशीलाई ड्राफ्टमा सामेल गरिएको हो । यसै सूचीबाट विभिन्न आठ फ्रेन्चाइजी क्लबले खेलाडीको चयन गर्ने छन् ।

बिग बास लिगमा खेलाडीलाई चार तहमा विभाजन गरिएको छ । प्लाटिनममा रहेका खेलाडीले बढीमा चार लाख २० हजार डलरसम्म पारिश्रमिक पाउँछन् । गोल्डमा रहेका खेलाडीले तीन लाख डलर पारिश्रमिक पाउँछन् ।

त्यस्तै सिल्भरमा रहेका खेलाडीले दुई लाख डलर र ब्रोन्जमा रहेका खेलाडीले एक लाख डलरसम्म पारिश्रमिक पाउने भएका छन् ।

नेपालबाट अहिलेसम्म सन्दीप लामिछानेले मात्र बिग बाश लिग खेलेका छन् । उनले दुई सिजन मेलबर्न स्टार्सबाट खेलेका छन् भने एक सिजन होबर्ट हुरिक्यान्सबाट खेलेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट