काठमाडौँ । भारतमा मर्मत कार्यका लागि विमानबाट गौचर हवाई पट्टी लैजाँदै गरेको एमआई १७ हेलिकप्टर शनिबार केदारनाथमा दुर्घटनाग्रस्त भएको छ । मर्मतका लागि लैजाने क्रममा विमानले सन्तुलन गुमाउँदा दुर्घटनामा परेको हो ।
हेलिकप्टरले केकी दूरी तय गरेको अवस्थामा सन्तुलन गुमाउन थालेको जिल्ला पर्यटन अधिकृत राहुल चौबेले जानकारी दिए । “हेलिकप्टरमा कुनै यात्रु वा सामान थिएन्, घटनाको जानकारी पाएलगत्तै उद्धार टोली घटनास्थल पुगेको अधिकारीले भन्नु भयो, टोलीले अवस्थाको निरीक्षण गरिरहेको छ,” चौबेले भने ।
हाल राष्ट्रिय प्रकोप प्रतिक्रिया बल (एसडीआरएफ)को टोली दुर्घटना स्थलमा पुगी राहत कार्य जारी राखेको छ । दुर्घटनामा कुनै मानवीय क्षति भएको छैन । दुर्घटनाको वास्तविक कारण पत्ता लाग्न बाँकी अनुसन्धान जारी रहेको जनाएको छ ।