काठमाडौँ । दक्षिणी म्यान्मारको बागो क्षेत्रमा हात्तीबाट जुम्ल्याहा सन्तान जन्मेका छन् । हात्तीले दुई वटा बच्चा जन्माउनुलाई दुर्लभ मानिन्छ ।
अगष्ट २६ मा जन्मिएका केटाकेटी (एक भाले र एक पोथी) दुवै स्वस्थ रहेका र उनीहरूकी आमासमेत स्वस्थ रहेको विङगबाउ हात्ती शिविरका पशु चिकित्सक मायो मिन आङले बताए ।
सन् १९६० पछि म्यान्मारमा हात्तीको जुम्ल्याहा सन्तान जन्मेको जानकारी भएको यो १२ औँ घटना हो । अहिले विङबाउ हात्ती शिविरमा नयाँ जुम्ल्याहा केटाकेटीसहित नौ वटा हात्ती रहेको छ ।
यो दुर्लभ जन्म भएकाले उनीहरूलाई विशेष हेरचाहका लागि व्यवस्था गरिएको उनले बताए ।