करेक्सनपछि फेरि चम्कियो सेयर बजार

काठमाडौं । सेयर बजार परिसूचक (नेप्से) पुरानै लयमा फर्किएको छ । झण्डै तीन सय अंकको करेक्सनपछि नेप्से पुरानै लयमा फर्किएको हो ।
साउन ३१ मा ३ हजारको बिन्दुको बिन्दुमा पुगेको नेप्से त्यसयता करेक्सन मुढमा देखिएको थियो । निरन्तर गिरावटका बिच आइतबार नेप्से २६९५ को बिन्दुमा ओर्लिएको थियो ।
तर आजको कारोबारसँगै नेप्सेले पुरानै लय समातेको छ । सोमबार एकैपटक १२७.३२ अंकले बृद्धि हुँदै नेप्से २८२३.२५ को बिन्दुमा उक्लिएको छ । समग्रमा नेप्से ४.७२ प्रतिशतले बढेको छ ।
सोमबार सर्वाधिक वित्त समूहको परिसूचक ७.९४ प्रतिशतले बढ्यो । वाणिज्य बैंक ४.७३ प्रतिशतले बढ्दा विकास बैंक …