काठमाडौँ । चीनमा विद्यालयको बसले भिडलाई ठक्कर दिँदा कम्तिमा ११ जनाको मृत्यु भएको छ । घटना शान्तोङ प्रान्तको भएको स्थानीय सञ्चार माध्यमलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।
मृत्यु हुनेमा पाँच जना विद्यार्थीसमेत रहेका छन् । अन्य कयौं घाइते भएको र यीमध्ये एक जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।
चालकले बसमा नियन्त्रण गुमाउँदा दूघर्टना भएको बताइएको छ । चालकलाई प्रहरीले हिरासतमा लिएर घटनाबारे छानबिन गरिरहेको छ ।
चीन अहिले नयाँ शैक्षिक वर्ष शुरु भएसँगै विद्यार्थीहरू विद्यालय फर्किएको केही दिनमा घटना भएको हो ।