बंगलादेशमा अजान र नमाजकाे समयमा हिन्दुहरूलाई पूजा गर्न प्रतिबन्ध-Sutra News

बंगलादेशमा अजान र नमाजकाे समयमा हिन्दुहरूलाई पूजा गर्न प्रतिबन्ध

बिहिबार, २७ भाद्र २०८१

बिहिबार, २७ भाद्र २०८१

काठमाडाैं । बंगलादेशमा सत्ता परिवर्तनपछि हिन्दु समुदाय लगातार निशाना बनिरहेका छन् । अब बंगलादेशको अन्तरिम सरकारले अर्को आदेश जारी गरेको छ । यस आदेशअनुसार बंगलादेशका हिन्दुहरूले अब अजानको समयमा पूजा गर्न पाउने छैनन्।



अजान र नमाजको समयमा हिन्दू समुदायका मानिसहरूलाई भजन सुन्न र लाउडस्पीकर बजाउन प्रतिबन्ध लगाइनेछ। यस सम्बन्धमा अन्तरिम सरकारका गृह मामिला सल्लाहकार एवम् सेवानिवृत्त लेफ्टिनेन्ट जनरल मोहम्मद जहाँगिर आलम चौधरीले आदेश जारी गरेका छन् ।

बंगलादेशको गृह मन्त्रालयले जारी गरेको हिन्दू विरोधी आदेशमा कसैले यी नियमहरू उल्लङ्घन गरेको पाइएमा प्रहरीले बिना वारेन्ट पक्राउ गर्ने उल्लेख गरेको छ। बंगलादेशमा सत्ता परिवर्तन भएदेखि अहिलेसम्म ३ सय हिन्दू परिवार र उनीहरुको घरमा आक्रमण भएको छ ।

यसबाहेक १० भन्दा बढी हिन्दु मन्दिरमा तोडफोड र आगजनी भएको छ ।

विभिन्न ठाउँमा ४९ हिन्दू शिक्षकबाट जबरजस्ती राजीनामा लिइएको छ । अर्कोतर्फ, हिन्दुहरुको नरसंहार गर्ने आतंककारी जेलबाट छुटेका छन् । एजेन्सीबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट