दराजको दसैँ धमाका अफर : ७० प्रतिशतसम्म छुट, डेलिभरी निःशुल्क-Sutra News

दराजको दसैँ धमाका अफर : ७० प्रतिशतसम्म छुट, डेलिभरी निःशुल्क

शुक्रबार, ११ असोज २०८१

शुक्रबार, ११ असोज २०८१

काठमाडाैं । अनलाइन सपिङ प्लेटफर्म, दराज नेपालले चाडपर्वको मौसम लक्षित गर्दैे बहुप्रतीक्षित दसैँ धमाका क्याम्पेनको घोषणा गरेको छ।



छुट तथा सुविधाका लागि निकै प्रतिक्षित यस अभियान अन्तर्गत उपभोक्ताले ७० प्रतिशतसम्मको अविश्वसनीय फ्ल्यास सेल छुट, निःशुल्क होम डेलिभरी र पूर्व भुक्तानीमा २ हजारसम्मको नगद छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।

यो क्याम्पेन आजदेखि कात्तिक १ सम्म चल्नेछ। साथै, क्याम्पेनमा सहभागी एक जना भाग्यशाली खरिदकर्ताले वानप्लस नर्ड सीईथ्री फाइभजी जित्नेछन्। त्यसैगरी, अन्य तीन जनाले सेटाफिलका तर्फबाट रु १० हजार बराबरको आकर्षक गिफ्ट ह्याम्पर जित्ने मौका पाउने कम्पनीले जानकारी दिएको छ।

उत्पादनहरूको विस्तृत शृंखला तथा डिलहरू प्रदान गर्ने ब्रान्डहरूको विशाल चयनका साथ, दसैँ धमाका शपिंगका लागि अभूतपूर्व आकर्षक गन्तव्य हो। क्याम्पेन अवधिभर उपभोक्ताहरुले आइविबी, एंकर, एक्वालोजिका, सेताफिल, सिलेन्स्टा, डोभ, सर्फ एक्सेल लगायत सह–प्रायोजकहरुका तर्फबाट उपलब्ध गरिएका अविश्वसनीय डिलहरूको मज्जा लिन सक्नेछन्।

त्यस्तै, अस्टावोल्फ, मामाअर्थ, नेपाल टी एक्स्चेन्ज, रोट्टो मेन्थालेटम, स्ल्याजेन्गर, टेक्नो, ह्वाइट मून, एक्स्–एज लगायत ब्रान्ड साझेदारहरूका तर्फबाट विशेष अफरहरु पनि उपलब्ध गराउने जानकारी दिइएको छ।

क्याम्पेन अवधिभर डेबिट कार्डमार्फत आफ्नो अर्डरको लागि अग्रिम भुक्तानी गर्ने ग्राहकहरूले रू. १ हजार ५ सय सम्म १५ प्रतिशत छुटको मजा लिन सक्नेछन् । साथै, क्रेडिट कार्ड प्रयोग गर्नेहरूले रु २ हजारसम्म २० प्रतिशतसम्मको छुटबाट लाभ उठाउन सक्नेछन्।

यो अफर नबिल बैंक, हिमालयन बैंक, सानिमा बैंक, एनएमबि बैंक, माछापुच्छ्रे बैंक, नेपाल बैंक र ज्योति विकास बैंकका कार्डहरूमा मान्य हुनेछ। त्यसैगरी ईसेवा, आईएमई पे वालेट प्रयोगकर्ताहरूले आफ्नो अर्डरमा १५ प्रतिशत छुट सुविधा पाउनेछन्। खरिदकर्ताहरूलाई दराज भाउचरहरू प्रयोग गरी कुल २ करोडसम्मको छुट पाउन सकिने सुविधाका साथै आफ्ना खरिदमा फ्ल्याट १० हजार छुट प्राप्त गर्ने अवसर समेत उपलब्ध गरिनेछ।

पछिल्ला संस्करणको लोकप्रियतालाई दृष्टिगत गर्दै, दशैं धमाकाले न्यूनतम ४ सय ९९ खर्च गर्दा छानिएका बिक्रेताहरू मार्फत चुनिएका उत्पादनहरूमा घरदैलो सम्म निःशुल्क होम डेलिभरीको सुविधापनि प्रदान गर्ने जानकारी दिइएको छ । ‘फ्री डेलिभरी’ सुविधाको उपभोग गर्न दराज एपको होमपेजमा रहेको ‘फ्रि डेलिभरी’ ब्यानरमा क्लिक गर्नुपर्ने हुन्छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट