आज नारायणगढ-मुग्लिन सडकमा सवारी चल्न रोक-Sutra News

आज नारायणगढ-मुग्लिन सडकमा सवारी चल्न रोक

शुक्रबार, ११ असोज २०८१

शुक्रबार, ११ असोज २०८१

काठमाडौँ । अविरल वर्षाका कारण बाढी पहिरोको जोखिम बढेसँगै आज राति नारायणगढ–मुग्लिन सडक ठप्प हुने भएको छ ।



जिल्ला सुरक्षा समितिको बैठकले बिहानैदेखि पानी परिरहेको र रातिमा पनि पानी पर्न सक्ने भन्दै मानवीय तथा भौतिक क्षति नहोस् भनेर सवारी चलाउन नदिने निर्णय गरेको जनाएको छ ।

समितिका संयोजक तथा चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार बेलुका ७ बजेदेखि भोलि बिहान ५ बजेसम्म गाडी चलाउन रोक्ने भएको हो ।

नारायणगढतर्फ आँपटारी र मुग्लिनतर्फ मुग्लिन बजारमा गाडी रोकिने व्यवस्था गरिएको छ । गत असार २८ गते राति दुई बसलाई एकैपटक बाढीले त्रिशूली नदीमा खस्दा बगाएको थियो । घटनामा ६२ जनाको मृत्यु भएको थियो । हालसम्म करिब तीन दर्जनको शव फेला पर्न सकेको छैन ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट