भारतमा सात वर्षीय बालकलाई बली दिइयो-Sutra News

भारतमा सात वर्षीय बालकलाई बली दिइयो

शुक्रबार, ११ असोज २०८१

शुक्रबार, ११ असोज २०८१

काठमाडौँ । एउटा सार्वजनिक विद्यालयमा सौभाग्य ल्याउने उद्देश्यले गरिएको कथित अनुष्ठानमा एक सात वर्षीय बालकलाई बली दिइएको छ । घटनामा संलग्न भएको आरोपमा पाँच जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।



प्रसिद्ध ताजमहल नजिकैको हाथरस सहरमा रहेको छात्रावासमा आफ्नै ओछ्यानमा पीडित बालकलाई आइतबार राति मृत फेला पारिएको थियो । अधिकारीलाई सूचित गर्नुको सट्टा विद्यालयका निर्देशक दिनेश बघेलले शवलाई आफ्नो कारको डिक्कीमा लुकाएर राखेको प्रहरीको दाबी छ ।

प्रहरी अधिकारी हिमांशु माथुरले बघेलका पिताले आयोजना गरेको कालो जादु (तान्त्रिक विधि) समारोहअघि बालकको हत्या गरिएको बताए । “बालकलाई अनुष्ठानको हिस्साका रूपमा वेदीमा लैजाने योजना थियो, तर समारोह पूरा हुनुभन्दा अघि उनलाई मारियो”, उनले भने ।

माथुरका अनुसार बघेल र उनका पितासहित विद्यालयका अन्य तीन शिक्षकलाई पक्राउ गरिएको छ । बालकको मृत्यु कसरी भयो ? भन्नेबारे माथुरले कुनै जानकारी दिन सकेका छैनन् । स्थानीय सञ्चार माध्यमले शवको परीक्षण भइरहेको बताएका छन् ।

भारतको राष्ट्रिय अपराध रेकर्ड ब्युरोका अनुसार सन् २०१४ देखि सन् २०२१ को बीचमा मुलुकभर १०३ मानव बलीका घटना दर्ता भएका छन् । अनुष्ठानमा गरिने हत्या सामान्यतया देवताहरूलाई प्रशन्न पार्न गरिन्छ ।

प्रहरीले सन् २०१९ मा ६४ वर्षीया महिलाको हत्याको आरोपमा पाँच जनालाई पक्राउ गरेको थियो । ती महिलाको भारतको सुदूर उत्तरपूर्वी क्षेत्रमा एक मन्दिरमा गएपछि हत्या गरिएको थियो । उनको टाउको छिनालिएको थियो ।

प्रहरीका अनुसार आरोपित मुख्य व्यक्तिले आफ्नो भाइको मृत्युको वार्षिकोत्सव मनाउन धार्मिक अनुष्ठान गरिरहेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट