झ्याप्लेखोला पहिरो : हालसम्म ३ वटा बसबाट ३० जनाको शव फेला

काठमाडाैं । झ्याप्लेखोलाकाे पहिराेमा पुरिएका तीन वटा बसहरूबाट ३० जनाको सब निकालिएको छ। काठमाडौं र धादिङको सिमाक्षेत्रमा पर्ने साे स्थानबाट नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले पहिरो हटाउने काम गरिरहेको छ।
पहिरोबाट अहिलेसम्म ३० जनाको शव निकालिएको प्रहरीले जनाएकाे छ । हिजो शनिबार १४ जना र आज थप १६ जनाको शव निकालिएको हाे ।
झ्याप्लेखोलाकाे पहिराेमा एउटा बस र दुइटा माइक्रोबस पुरिएको अवस्थामा भेटिएका हुन् ।
प्रहरीले जनाएअनुसार पहिराेबाट निकालिएकाे बा ३ ज १३४५ नम्बरको माइक्रो बस चितवनबाट काठमाडाैंका लागि आएको थियाे । उक्त माइक्रो बसबाट १३ जनाको शव निकालिएको सशस्त्र …