बाढी पहिरो पीडितलाई कांग्रेसले ५० लाख दिने, सांसदको तलब थपिने-Sutra News

बाढी पहिरो पीडितलाई कांग्रेसले ५० लाख दिने, सांसदको तलब थपिने

आइतबार, १३ असोज २०८१

आइतबार, १३ असोज २०८१

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसले बाढी पहिरोमा पीडितको राहतका लागि ५० लाख दिने घोषणा गरेको छ ।



‘नेपाली कांग्रेस पार्टीबाट ५० लाख रुपैयाँ राहत कोषमा जम्मा गर्ने निर्णय गरेको छ, पार्टीको संसदीय दलले पनि १५ दिनको सांसदहरूको तलब दिने निर्णय गरेको छ,’ प्रवक्ता डा. प्रकाशशरण महतले भने ।

यस्तै, केन्द्रीय कार्य सम्पादन समिति बैठकले पार्टीका सबै पूर्वघोषित कार्यक्रमलाई स्थगित गरी राष्ट्रिय विपत्तिमा राहत र उद्धारमा जुट्न पार्टी पंक्तिलाई निर्देशन गर्ने निर्णय गरिएको उनको भनाइ थियो ।

पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको बैठकमा सरकारले बनाएको राहत कोषमा पार्टीको तर्फबाट रकम प्रदान गरिने निर्णय भएको हो ।

नेता महतका अनुसार एक महिने अभियानका लागि विभिन्न जिल्लामा खटाइएका केन्द्रीय प्रतिनिधिलाई राहत र उद्धार खट्न र कोजाग्रत पूर्णिमासम्मका सबै कार्यक्रम स्थगित गरेको छ ।

उनका अनुसार पार्टीले चाडपर्व लक्षित चियापान कार्यक्रमसमेत नगर्ने निर्णय गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट