विपत्तिले जनजीवन प्रभावित हुँदा जहाजको लुट धन्दा, भाडा महँगो नलिन प्रधानमन्त्री आग्रह-Sutra News

विपत्तिले जनजीवन प्रभावित हुँदा जहाजको लुट धन्दा, भाडा महँगो नलिन प्रधानमन्त्री आग्रह

आइतबार, १३ असोज २०८१

आइतबार, १३ असोज २०८१

काठमाडौँ । अविरल वर्षापछि आएको बाढी, पहिरो तथा डुबानले सिंगो देश सडक सञ्जालबाट बिच्छेद भएको छ । यस्तो अवस्थामा एयरलाइन्स कम्पनीहरूले कमाने अवसरका रूपमा लिँदै चर्को हवाई भाडा तोकिएको छ ।



एयरलाइन्स कम्पनीले चर्को भाडा बनाएको भन्दै आलोचना बढिरहँदा अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले हवाई भाडा महँगो नलिन आग्रह गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्रीले हवाई भाडा अरु बेलाभन्दा महँगो भएको गुनासो गरे ।

‘हवाई भाडा अरु बेलाभन्दा महँगो भएको गुनासो सामाजिक सञ्जालमा सुनिएको छ, हवाई सेवा दिँदै आएका एयरलाइन्सलाई यस्तो विपत्तिको समयमा यात्रुहरूसँग पहिलेभन्दा सहुलियत मूल्यमा या पहिलेकै दरमा भाडा लिएर सहयोग गर्नु हुन अनुरोध छ,’ प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखेका छन ।

सामाजिक सञ्जालबाट सस्तो लोकप्रियताका लागि प्रधानमन्त्री ओलीले फेसबुकमार्फत आफ्नो सन्देश दिए पनि बाढी, पहिरो तथा डुबानका कारण गन्तव्यमा पुग्न नागरिकलाई सहजीकरण गर्न कुनै प्रयास गरेका छैनन् ।

संसदीय समितिका सचिव सुरजकुमार दुराले आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई पत्र लेख्दै एयरलाइन्स कम्पनीको भाडाबारे आवश्यक निर्देशन तथा सहजीकरण गर्न अनुरोध गरेका थिए ।

दशैँको अवसरमा हवाई भाडा निर्धारण गर्दै आएको एयरलाइन्स कम्पनीले काठमाडौँदेखि धनगढीका लागि ११ हजार रहेको भाडा १७ हजार पुर्‍याइएको छ । तर, काठमाडौँबाट दिल्लीको भाडा जम्मा ११ हजार रुपैयाँ मात्रै छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट