काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ काे नाफाबाट शेयरधनीहरुका लागि लाभांश घोषणा गरेको छ। बैंक सञ्चालक समितिको असोज २१ गते बसेको बैठकले कायम चुक्ता पूँजीको ५.५ प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेको हो।
बैंकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी १८औं वार्षिक साधारण सभाले पारित गरेपश्चात् सेयरधनीलाई वितरण गरिनेछ ।
यसअघि बैंकले आर्थिक वर्ष २०७९/८० मा ९ प्रतिशत लाभांश दिएकाे थियाे । साे लाभांशभन्दा यस वर्षकाे निकै कम हाे ।
बैंकले आर्थिक वर्ष २०७८/७९ मा १३.६ प्रतिशत, आर्थिक वर्ष २०७७/७८ मा १३.५ प्रतिशत, आर्थिक वर्ष २०७६/७७ मा १६ प्रतिशत, आर्थिक वर्ष २०७५/७६ मा २५.५ प्रतिशत र आर्थिक वर्ष २०७४/७५ मा १६ प्रतिशत लाभांश वितरण गरेको थियो ।