शाे नदिएपछि निश्चलको चेतावनी- ‘बेहुली फ्रम मेघौली’ केही दिनमै हलबाट हटाउँछु

काठमाडाैं । अभिनेता एवम् निर्देशक निश्चल बस्नेतले हलवालाले नेपाली सिनेमालाई शाे घटाएकाे भन्दै असन्तुष्टि जनाएका छन् । नेपाली सिनेमाप्रति दर्शकको राम्रो प्रतिक्रिया, साथ र अकुपेन्सी हुँदा हुँदै पनि हलले नेपाली सिनेमालाई प्राथमिकता नदिएकाे बस्नेतकाे आरोप छ ।
‘राम्रो प्रतिकृया, दर्शकको राम्रो साथ, राम्रो अकुपेन्सी हुँदा पनि तपाईँहरु चैँ त्यै हिन्दी फिल्मलाई नै शाे दिइराख्नु है, अकुपेन्सी आलु हुँदा पनि । म चैँ हलको विकल्पतिर लागेँ’, बस्नेतले सामाजिक सञ्जालमा लेखेका छन् ।
आलिया भाटकाे फिल्म ‘जिग्रा’ शुक्रबारदेखि नेपालका विभिन्न हलमा प्रदर्शनीमा आएकाे छ। ‘जिग्रा’काे लागि हलवालाहरूले नेपाली सिनेमाकाे शाे कटाैती गरेकाे आराेप बस्नेतकाे …