नयाँ बानेश्वरमा प्रतिपक्षी दलहरूको बैठक, सत्तारूढ लाेसपा पनि सहभागि

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा विपक्षी दलहरूको बैठक बसेको छ । नयाँ बानेश्वरस्थित प्रमुख प्रतिपक्षी दलकाे कार्यालयमा बैठक बसेकाे हाे ।
प्रचण्डले डाकेकाे बैठकमा सत्तारूढ बैठकमा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी), लोसपा र आम जनता पार्टीका शीर्षसहित नेताहरू सहभागी छन्।
बैठकमा माओवादी अध्यक्ष प्रचण्डसहित उपमहासचिव शक्तिबहादुर बस्नेत, रास्वपा सभापति रवि लामिछाने, उपसभापति डिपी अर्याल र स्वर्णिम वाग्ले, सांसदहरू शिशिर खनाल, सुमना श्रेष्ठ, बिराजभक्त श्रेष्ठ सहभागी छन्। यस्तै, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, लोसपा अध्यक्ष …