किन सधैँ विवादित भइरहन्छन् ओली ?

काठमाडौं । नेकपा (एमाले)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको नारा छ, ‘भ्रष्टाचार गदिर्न र भ्रष्टाचार गर्न पनि दिन्न’ । सँगै उनले अगाडि बढेर भनेका छन्, ‘भ्रष्टाचारीको मुखै हेर्दिन ।’
तर बिडम्बनाको विषय मान्नुपर्छ, जहाँ–जहाँ सुशासनमाथि लात्ति हानिएकाे देखिन्छ, त्यहाँ ओलीसँगै देखिन्छन् । ओलीमाथि प्रश्न उठ्छन् ।
अहिले विवादित व्यापारी मिनबहादुर गुरुङसँग १० रोपनी १४ आना जग्गा दानस्वरुप लिएको घटनाले मुलुक तरंगीत छ । ललितानिवास जग्गा प्रकरणमा दोषी देखिएका गुरुङमाथि करछली, किर्तेलगायतका आरोप छन् । उनीमाथिका कतिपय मुद्दा विचाराधिन अवस्थामा छन् ।
तर, अदालतमा मुद्दा चल्दै गर्दा ओलीले भने पार्टी कार्यालयका लागि भनेर …