आज दुई प्रदेशमा वर्षाको हुने, अरु प्रदेशको मौसम कस्तो ?-Sutra News

आज दुई प्रदेशमा वर्षाको हुने, अरु प्रदेशको मौसम कस्तो ?

शुक्रबार, ९ कार्तिक २०८१

शुक्रबार, ९ कार्तिक २०८१

काठमाडौँ । देशभर पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेशमा बङ्गाल खाडीमा विकसित चक्रवात ‘डाना’को प्रभाव रहेको छ ।



कोशी र लुम्बिनी प्रदेशका पूर्वी भागमा आंशिकदेखि साधरणतया बदली रही देशका बाँकी भागमा आंशिक बदलीदेखि मौसम सफा रहेको छ ।

आज दिउँसो कोशी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।

यी प्रदेशमा पहाडी भागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । राति कोशी प्रदेश लगायत देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ ।

कोशी प्रदेश लगायत कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका केही स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट