काठमाडौं । गृह मन्त्रालयले ललितपुर र भक्तपुरसहित १७ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) फेरेकाे छ । शुक्रबार गृह मन्त्रालयले एकैसाथ १७ जनाका प्रमुख जिल्ला अधिकारीहरुको हेरफेर गरेको हाे ।
मन्त्रालयले ललितपुरको सीडीओमा रमेश ढकालको सरुवा गरेको छ । यस्तै, भक्तपुरको सीडीओमा गोपाल अर्यालको सरुवा भएको छ । तुलसी प्रसाद श्रेष्ठ गृह मन्त्रालयमा तानिएका छन् ।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई जिल्ला प्रशासन कार्यालय पर्सामा सरुवा गरिएको छ । रुपन्देहीमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरणका वासुवेद घिमिरेलाई लगिएकाे छ ।
यस्तै, गणेश अर्याल पर्सा, लाल बहादुर कवारी महोत्तरी, शशीधर घिमिरे बारा, तोयानारायण सुवेदी पाल्पा, शिवराम गेलाल दोलखाको सीडीओमा सरुवा भएको छ ।
गृहले टुकराज पोखरेलको धनकुटा, पुण्य विक्रम पौडेलको गोरखा, श्याम कृष्ण थापाको तनहुँ, जनार्दन गौतमको गुल्भी, भोला दाहालको सप्तरी, दीर्घराज उपाध्यायको बैतडी, मेख बहादुर मग्रातीको जाजरकोट, नेत्र प्रसाद शर्माको ताप्लेजुङ, विनादे खड्काको संखुवासभा र मोहनराज जोशीको डोटी सरुवा गरेकाे छ ।