“दाना” चक्रवातले कोशीमा वर्षाको सम्भावना, अरु स्थानको मौसम कस्तो ?-Sutra News

“दाना” चक्रवातले कोशीमा वर्षाको सम्भावना, अरु स्थानको मौसम कस्तो ?

शनिबार, १० कार्तिक २०८१

शनिबार, १० कार्तिक २०८१

काठमाडौँ । देशभर पश्चिमी वायुका साथै बंगालको खाडीमा विकसित चक्रवात “दाना”को प्रभाव रहेको छ ।



मौसम पूर्वानुमान महाशाखाका अनुसार जसका कारण कोशी प्रदेशमा आंशिकदेखि साधरणतया बदली रहेको छ । कोशी प्रदेशको एक दुई स्थानमा हल्का वर्षा भइहेको छ ।

दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधरणतया बदली र बाँकी भागमा मौसम सफा रहने छ । देशका पहाडी भागका एक दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

आज राति कोशी प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेशका पहाडी भागका एक(दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट