काठमाडौँ । अष्ट्रेलियाको सिड्नीदेखि दक्षिणपश्चिम क्षेत्रमामा शनिबार भएको विमान दुर्घटना दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सिड्नीको बाहिरी दक्षिण पश्चिममा दुई वटा हल्का विमानहरू ठोक्किएर दुर्घटना ग्रस्त भएका थिए । सर्वसाधारणको सुरक्षालाई ध्यानमा राखी दुर्घटनाग्रस्त क्षेत्रबाट टाढा रहन आग्रह गर्दै थप जानकारीको लागि अनुसन्धान भइरहेको छ ।
घटनास्थलमा एनएसडब्लु प्रहरी, अग्नि नियन्त्रक र एनएसडब्लु एम्बुलेन्स उपस्थित रहेको जनाइएको छ । अष्ट्रेलियन ट्रान्सपोर्ट सेफ्टी ब्युरोले दुर्घटनाको कारणबारे थप अनुसन्धान गर्ने एनएसडब्लु प्रहरीले जनाएको छ ।