काठमाडौँ । नवलपुरको देवचुली नगरपालिका २ दुम्कौलीमा जंगली च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी भएका छन् ।
इलाका प्रहरी कार्यालय रजहरका अनुसार दुम्कौलीका २८ वर्षीय धनमाया राजवंशीले जंगलबाट ल्याएको च्याउ खाने क्रममा गएराति पाँच जना बिरामी भएका हुन् ।
च्याउ खाएर २६ वर्षीय मदन राजवंशी, २८ वर्षीया धनमाया राजवंशी, नौ वर्षीया रिदिमा राजवंशी, ४८ वर्षीय बाबुलाल राजवंशी र ४६ वर्षीया रनमाया राजवंशी बिरामी भएका हुन् ।
उनीहरूको अहिले पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।