काठमाडौँ । करेण्ट लागेर तनहुँमा एक मजदुरको मृत्यु भएको छ । मुग्लिन–पोखरा सडक खण्ड विस्तार प्रशारण लाइन निर्माणका क्रममा १८ वर्षीय सुवास चौधरीको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार धनगढी जिल्ला घर भई एनन्यू फेसन् कन्ट्रक्सन सर्वे कम्पनी लिमिटेडका सर्वे हेल्पर रुपमा कार्यरत चौधरीको आइतबार बिहान १० बजे शुक्लागण्डकी २ गाछेपानीमा करेण्ट लागेर घाइते भएका थिए ।
चौधरीको दुलेगौंडा स्थित तनहुँ सेवा अस्पताल ल्याउने क्रममा मृत्यु भएको हो । घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।