काठमाडौं । साताको दोस्रो कारोबार दिन (सोमबार) प्रिओपन सेसनमा सेयर बजार परिसूचक (नेप्से) एकल अंकले बढेको छ । २.९५ अंकले बढ्दै नेप्से २६२०.९० को बिन्दुमा उक्लिएको छ ।
प्रिसेसनमा कारोबारमा आएका ४४ कम्पनीमध्ये २२ को मूल्य घट्यो भने १९ को मूल्य बढ्यो । ३ कम्पनीको मूल्य भने स्थिर रह्यो ।
निरन्तर गिरावटका बिच प्रिसेसनमा कारोबार रकममा निकै गिरावट आएको छ । ३ हजार ५०८ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम २३ लाख ९३ हजार रुपैयाँको भयो ।
प्रिसेसनमा जलविद्युत क्षेत्रकै कम्पनीको कारोबार उच्च रह्यो । कारोबारमा आएका ४४ कम्पनीमध्ये २० कम्पनी जलविद्युत क्षेत्रका छन् ।
यसअघि साताको पहिलो कारोबार दिन (आइतबार) सेयर बजार (परिसूचक) ९.१९ घटेको थियो । नेप्से अघिल्लो सातादेखि नै ओरालोमा थियो ।