लगातारको गिरावटपछि बढ्यो नेप्से, अबको यात्रा कता ?-Sutra News

लगातारको गिरावटपछि बढ्यो नेप्से, अबको यात्रा कता ?

सोमबार, १२ कार्तिक २०८१

सोमबार, १२ कार्तिक २०८१

काठमाडौं । लगातार तीन कारोबार दिनपछि साताको दोस्रो कारोबार दिन (सोमबार) सेयर बजार परिसूचक (नेप्से)मा बृद्धि भएको छ । सोमबार २७.४२ अंकले नेप्से बढेको छ । सोमबारको बृद्धिसँगै नेप्से २६४५.३६ को बिन्दुमा उक्लिएको छ ।



नेप्सेसँगै सोमबार कारोबार रकम पनि बढेको छ । सोमबार तीन कारोबार दिनयताकै उच्च कारोबार भएको छ । १ करोड ४ लाख १८ हजार ९२६ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ५ अर्ब ३४ करोड ४८ लाख रुपैयाँको भयो ।

सबै समूहमा हरियाली छाउँदा आज सबैभन्दा बढी फाइनान्स समूहको सूचक ३.४६ प्रतिशतले बढ्यो भने सबैभन्दा कम अन्य समूहको सूचक ०.५७ प्रतिशतले बढ्यो ।

आज कारोबारमा आएका २४३ कम्पनीमध्ये २१३ को मूल्य बढ्यो भने २८ कम्पनीको मात्रै मूल्य घट्यो । २ कम्पनीको भने स्थिर रह्यो ।

आज जानकी फाइनान्स र डोल्टी पावरको मूल्यमा सकारात्मक सर्किट लाग्दा रिभर्स फल्स पावर र मेन्छियाम हाइड्रोको मूल्य ९ प्रतिशतभन्दा बढीले बढ्यो ।

आज कारोबार रकमका आधारमा नेपाल फाइनान्स, समृद्धि फाइनान्स, लाइफ इन्स्योरेन्स कर्पोरेशनलगायत शीर्ष स्थानमा रहे ।

दसैंअघि र पछिका केही दिनमै नप्सेमा झण्डै तीन सय अंकको बद्धि भएको थियो । लगातार बृद्धिपछि केही कारोबार दिनदेखि नै नेप्सेमा गिरावट चलेको थियो । जसलाई बजार विश्लेषकहरुले करेक्सनिको रुपमा चित्रण गरेका थिए ।

सोमबारको कारोबारलाई हेर्दा, बजारले करेक्सनको चक्र पार गरेको देखिन्छ । प्राविधिक विश्लेषणलाई आधार मान्ने हो भने बजारले बृद्धिको यात्रालाई समातेको मान्न सकिन्छ ।

योबिचमा राजनीतिक घटनाक्रममा भएको उतारचढावले पनि बजारलाई प्रभावित बनाएको थियो । जसको अस्पष्टता खुल्दै गरेको कारण पनि बजारले लय समाउने सम्भावना स्पष्ट देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट