काठमाडौँ । काठमाडौँबाट नयाँ दिल्लीका लागि उडान भरेको एअर इण्डियाको विमानमा बम राखिएको हल्लापछि जाँच सुरु भएको छ ।
एआईजी-२१६ विमानमा विस्फोटक पदार्थ भएको सूचना आएपछि जाँच भइरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले जनाएको हो ।
दिल्लीबाट १३७ जना यात्रु लिएर आएको विमान ३ बजेर ५५ मिनेटमा दिल्ली फर्किँदै थियो । तर, दिल्लीबाट बम राखिएको सूचना आएपछि जाँच भइरहेको प्रहरीले जनाएको छ ।
विमानमा १६९ जना यात्रु दिल्ली जान लागेका थिए । विमानमा जाँच भए पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भइरहेको छ ।