विवादित भिडिओ सार्वजनिकपछि बेलायती लेबर पार्टीका सांसद निलम्बित-Sutra News

विवादित भिडिओ सार्वजनिकपछि बेलायती लेबर पार्टीका सांसद निलम्बित

सोमबार, १२ कार्तिक २०८१

सोमबार, १२ कार्तिक २०८१

काठमाडौँ । बेलायतको सत्तारूढ लेबर पार्टीले विवादित भिडिओ सार्वजनिक भएपछि आफ्ना एक सांसदलाई निलम्बन गरेको छ । भिडिओ फुटेजमा सांसदले एक व्यक्तिलाई मुक्का हानी आक्रमण गरेको देखाइएको थियो ।



मेल अनलाइनले हिंसात्मक घटनाको भिडिओ प्रकाशित गरेपछि सांसद माइक एमेसबरीलाई ‘अनुसन्धानका लागि’ निलम्बन गरिएको पार्टीले जनाएको छ ।

विवादमा तानिएका सांसदले उत्तरपश्चिम इङ्ल्यान्डको संसदीय सिटको प्रतिनिधित्व गरिरहेको पार्टीले जनाएको छ । शनिबार बिहान भएको घटनाको सम्बन्धमा सावधानीका साथ विवादित सांसदसँग स्वतन्त्र रूपमा सोधपुछ गरिएको प्रहरीले पुष्टि गरेको छ ।

चेशायर प्रहरीले फ्रडसाम सहरमा भएको आक्रमणको रिपोर्टमा अधिकारीहरूलाई बोलाइ ‘थप सोधपुछ’ जारी रहेको जनाएको छ ।

जुलाईमा बेलायतमा सत्तामा गएको लेबर पार्टीका प्रवक्ताले सांसद माइक एमेसबरीले घटनापछि चेशायर प्रहरीलाई सोधपुछमा सहयोग गर्दै आएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट