काठमाडौँ । सर्वोच्च अदालतले सत्तारुढ दल नेकपा एमालेले व्यवसायी मीनबहादुर गुरुङसँग लिएको जग्गा हक हस्तान्तरण नगर्न आदेश दिएको छ ।
न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले विवादमा रिट निवेदक ज्ञान बस्नेतसहित विपक्षी नेकपा एमाले, व्यवसायी मीनबहादुर गुरुङलाई छलफलमा बोलाएको छ ।
अन्तरिम आदेशका लागि हुने उक्त छलफलअघि पार्टी कार्यालयलाई दान दिएको जग्गाको हक हस्तान्तरण नगर्न अल्पकालीन अन्तरिम आदेश भएको हो ।
सर्वोच्च अदालतले जग्गा दाता मीनबहादुर गुरुङ र लिने एमालेलाई त्यसको कारण देखाउन माग गरेको छ ।