काठमाडौं महानगरले फूल बेच्न तोक्यो ४६ ठाउँ, कहाँ–कहाँ पाइन्छ बेच्न ?-Sutra News

काठमाडौं महानगरले फूल बेच्न तोक्यो ४६ ठाउँ, कहाँ–कहाँ पाइन्छ बेच्न ?

मंगलबार, १३ कार्तिक २०८१

मंगलबार, १३ कार्तिक २०८१

काठमाडौं । काठमाडौं महानगरपालिकाले तिहारमा फूल बेच्न ४६ ठाउँ तोकेको छ। काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले सामाजिक सञ्जाल फेसबुकमार्फत तिहारमा फूल बेच्नकाे लागि ४६ ठाउँ ताेकेकाे जनाएका हुन् ।



उनका अनुसार महानगरपालिकाभित्र प्लास्टिकका फूल भने बिक्री गर्न निषेध गरिएकाे छ । ‘काठमाडौं महानगरपालिकाले स्वदेशमा उत्पादन भएका फूलको बिक्रीलाई व्यवस्थित गर्न यस वर्षको दीपावली, नेपाल संवत् तथा छठ पर्वका अवसरमा महानगरपालिका क्षेत्रभित्रका ४६ स्थानमा बिक्रीको प्रबन्ध गरेको छ। प्लाष्टिकजन्य फूल तथा सजावटका सामग्री बिक्रीमा रोक लगाउँदै स्वदेशमा उत्पादन भएका फूलको व्यापारलाई प्रवर्द्धन गरिएको हो,’ साहले भनेका छन् ।

गत वर्ष महानगरपालिकाले प्रदर्शनी मार्गको भृकुटीमण्डप, तीनकुने चौर, हाँडीगाउँ र बालाजु विष्णुमती कोरिडोरमा मात्रै फूल बिक्री गर्न ठाउँ ताेकेकाे थियाे । ति ठाउँमा फूल बिक्री नभएपछि किसानले फूल नै ब्रिकी स्थलमै छाडेर हिँडेका थिए ।

जुन घटनाबाट पाठ सिक्दै महानगरले यसपटक फूल बिक्री स्थान बढाएकाे हाे । साथै, महानगरले मल, मार्ट, पार्क, पार्टी प्यालेस, सेन्टरहरूमा बिक्रीको प्रबन्ध गरेकाे छ ।

कहाँ–कहाँ पाइन्छ फूल बिक्री गर्न ?

१) आरती पार्टी प्यालेस, माछा पोखरी
२) बुद्ध मल, माछा पोखरी
३) बालाजु भाटभटेनी, माछा पोखरी
४) भ्याली कोल्ड स्टोर, बालाजु
५) सामुदायिक भवन, बालाजु
६) धर्म चक्र पार्क, स्वयम्भू
७) स्वयम्भू मार्ट
८) भाटभटेनी, कलंकी
९) कलंकी ट्र्रेड सेन्टर, कलंकी
१०) एस. एन. एस., कलंकी
११) एन. बि. टि. सि., कलंकी
१२) नेपा व्याङ्क्वेट, खुशिँवु
१३) बिग मार्ट, कालधारा, पकनाजोल
१४) साल्ट ट्र्रेडिङ कर्पोरेसन, कालीमाटी
१५) काठमाडौँ मल, सुन्धारा
१६) सिभिल मल, सुन्धारा
१७) सिटिसि मल, सुन्धारा
१८) रञ्जना मल, नयाँ सडक
१९) विग मार्ट कम्प्लेक्स, अनामनगर
२०) एटि कम्प्लेक्स, न्यू प्लाजा
२१) भाटभटेनी, अनामनगर
२२) आइटी प्लाजा, कमलादी
२३) संकटा चोक, टेवहाल
२४) के. एल. टावर, चाबहिल
२५) वि एन्ड एसएम, बौद्ध
२६) भर्गो जापान, शंखमुल
२७) आइप्लेक्स, बानेश्वर
२८) एनबि सेन्टर, नयाँ बानेश्वर
२९) फोनिक्स टावर, बत्तीसपुतली
३०) चाबहिल फुटबल चौर, चाबहिल गणेश स्थान
३१) बिगमार्ट, शंखमुल
३२) बिबिएसएम, कोटेश्वर
३३) सिफल चौर, सिफल
३४) केटिएम पार्टी प्यालेस,
३५) निराकल कम्प्लेक्स, शंखमुल
३६) एसि कम्प्लेक्स, चाबहिल
३७) भाटभटेनी, कोटेश्वर
३८) भाटभटेनी, नक्साल
३९) विग मार्ग, बालुवाटार
४०) सेल्स बेरी, महाराजगञ्ज
४१) भाटभटेनी, महाराजगञ्ज
४२) कोइराला मार्ट, सामाखुशी
४३) विग मार्ट, सामाखुशी
४४) सिटी सेन्टर, कमलपोखरी
४५) ल्होत्से मल, बालाजु
४६) सासा ब्याङकेट सोह्र खुट्टे

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट