एकै जिल्लामा ९५ जना एचआईभी सङ्क्रमित औषधि सेवन गर्दै-Sutra News

एकै जिल्लामा ९५ जना एचआईभी सङ्क्रमित औषधि सेवन गर्दै

मंगलबार, १३ कार्तिक २०८१

मंगलबार, १३ कार्तिक २०८१

काठमाडौँ । बझाङमा एक सय ६७ जना एचआईभी सङ्क्रमित फेला परेकामध्ये ९५ जनाले मात्रै औषधि सेवन गरिरहेका छ ।



सोमबार जिल्लास्थित सरोकारवालासँग वार्षिक समीक्षा बैठकमा सबैभन्दा बढी एचआईभी सङ्क्रमित केदारस्यूँ गाउँपालिकामा भेटिएका छन् ।

तथ्याङ्कानुसार केदारस्यूँ गाउँपालिकामा १९, थलारामा १८, छबिसपाथिभेरामा १३, बुङ्गल नगरपालिकामा ११, दुर्गाथली गाउँपालिकामा नौ, बित्थडचिर गाउँपालिकामा आठ जनाले औषधि सेवन गरिरहेको ग्लोबल फण्ड एचआईभी÷टिबी रोकथाम परियोजनाका कार्यक्रम अधिकृत अमृतप्रसाद पण्डितले जानकारी दिए ।

उनका अनुसार जयपृथ्वी नगरपालिकामा आठ, मष्टामा तीन, खप्तडछान्नामा तीन, तलकोटमा दुई जना एचआईभी सङ्क्रमितले औषधि सेवन गरिरहेका छन् ।

“जिल्लामा देखिएको तथ्याङ्कानुसार सबै जिल्लामा छैनन्”, उनले भने, “कतिपय सङ्क्रमित जिल्ला बाहिर गएर नियमित औषधि सेवन गरिरहेका छन् ।”

तथ्यांकअनुसार चालु आवको चार महिनामा आठ जना नयाँ सङ्क्रमित देखिएका छन् । जिल्लामा १५ हजार ९४६ जनाको एचआईभी परीक्षण गर्दा आठ जनामा पोजेटिभ देखिएको पण्डितले जानकारी दिए ।

परियोजना संयोजक लोकेन्द्र पन्तले सङ्क्रमित भएका बिरामीको नियमित उपचारका साथै सीमान्तकृत समुदायका व्यक्तिलाई संस्थाले सहयोग गरिरहेको बताए ।

उनले जिल्लामा कार्यक्रम लागू भएका पालिका तथा समुदायमा एचआईभी जाँच, यौन शिक्षा, क्षयरोग स्क्रिनिङ र अस्थायी साधन वितरण गर्दै आएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट