मुद्दा जिताउने भन्दै ठगी गरी फरार हुने व्यक्ति पक्राउ-Sutra News

मुद्दा जिताउने भन्दै ठगी गरी फरार हुने व्यक्ति पक्राउ

मंगलबार, १३ कार्तिक २०८१

मंगलबार, १३ कार्तिक २०८१

काठमाडौँ । काठमाण्डौँ-निजगढ द्रुत मार्ग (फाष्ट ट्रयाक)को विचाराधीन मुद्दा जिताइदिने लोभ देखाएर एक करोड २८ लाख ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।



ललितपुरको भैँसेपाटी बस्ने वर्ष ४५ का रवीन्द्र महर्जनलाई काठमाडौँको बुद्धनगरबाट पक्राउ गरेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी, प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।

उनका अनुसार आरोपितले उजुरीकर्तासँग भेटघाट गरी काठमाण्डौँ–निजगढ द्रुत मार्गको टेण्डरमा सहभागी हुने क्रममा भएको निर्णय उपर सम्मानित उच्च अदालतमा विचाराधीन रहेको मुद्दा जिताइदिन्छु भन्दै रकम मागेको र रकम नदिएमा मुद्दा हराइ दिने धम्की दिएर एक करोड २८ लाख लिएर फरार भएका थिए ।

आचार्यले भने, “कार्यालयमा जाहेरी परेपछि काठमाडौँ जिल्ला अदालतबाट यही ६ गते पक्राउ अनुमति जारी भएको थियो । खोजतलास गर्ने क्रममा प्रहरी टोलीले आज दिउँसो १ बजे पक्राउ गरेको हो ।”

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट