काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का १७ जना नेता कार्यकर्ता पक्राउ परेका छन् । प्रधानमन्त्री निवास बालुवाटारबाट उनीहरूलाई पक्राउ गरिएको हो ।
पार्टी सभापति रवि लामिछानेको रिहाइको माग गर्दै रास्वपाका नेता–कार्यकर्ता बालुवाटार घेराउ गर्न पुगेका थिए । त्यस क्रममा सांसद अशोक चौधरीसहित १७ जनालाई पक्राउ गरिएको हो ।
सहकारी ठगीको आरोपमा पक्राउ परेका पार्टी सभापति लामिछानेलाई जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।
यसैबीच पोखरामा आन्दोलन गरेका रास्वपाका नेता कार्यकर्ता काठमाडौँ फर्केर आन्दोलन गर्दै आएका थिए ।