काठमाडौँ । सूर्यदर्शन सहकारीसहित विभिन्न सहकारीको रकम अपचलनमा संलग्न आरोपमा प्रहरी हिरासतमा रहेका पूर्वउप्रधान तथा गृहमन्त्री रवि लामिछानेको बयान आज पनि हुँदैछ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिसमेत रहेका लामिछानेसँग सोमबार जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसन्धान अधिकृत र सरकारी वकिलले साढे आठ घण्टा बयान लिएका थिए ।
लामिछानेको बयान नसकिएको र मंगलबार पनि निरन्तर बयान लिइने भएको हो । उनलाई कार्तिक २ गते वनस्थलीस्थित पार्टी कार्यालयबाट पक्राउ गरी पोखरा लगिएको थियो ।