दूध बेचेर एउटै गाउँमा भित्रियो तीन करोड नगद-Sutra News

दूध बेचेर एउटै गाउँमा भित्रियो तीन करोड नगद

मंगलबार, १३ कार्तिक २०८१

मंगलबार, १३ कार्तिक २०८१
u08sL, !@ c;f/ . ufO{sf] afR5Ln] gJofpFb} b"w lbg yfn]kl5 b"w b'x'Fb} kf]v/f dxfgu/kflnsf j8f g+ @! k]mbLkf6gsf d'lSt kf}8]n . cfufdL sflQsdf Jofpg] ;f] ufO{n] 5 dlxgf cl3b]lv b}lgs rf/ ln6/ b"w lbg] u/]sf] 5 . t:jL/ M xl/ af:tf]nf, /f;;

काठमाडौँ । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका ४ विञ्जेलका किसानले दूध बेचेर मनग्य आम्दानी गरेका छन् । उनीहरूले वार्षिक तीन करोड रुपैयाँ कमाउन सफल भएका छन् ।



विञ्जेल तल्लागाउँका डिल्लीराम नेपाल गत एक वर्षमा १२ हजार ५१७ लिटर दुध बेचेर आठ लाख १२ हजार कमाउन सफल भए । सोही टोलका ताराप्रसाद नेपालले एक वर्षमा छ लाख कमाउन सफल भएका थिए ।

एकै गाउँमा दुग्ध पदार्थ उत्पादन गर्ने जिल्लाकै उत्कृष्ट मानिएको विञ्जेल दुग्ध उत्पादक सहकारी संस्थाबाट गत आवमा तीन लाख ७९ हजार १६१ लिटर दूध बेचेर दुई करोड ८९ लाख ७८ हजार गाउँमा भित्रिएको अध्यक्ष यदुनाथ नेपालले जानकारी दिए ।

कूल ४४८ शेयर सदस्य रहेको संस्थाले नियमित रुपमा बचत तथा ऋण कार्यक्रम सञ्चालन गरिरहेको छ । संस्थामा एक करोड २३ लाख १० हजार बचत तथा एक करोड एक लाख ४७ हजार ऋण लगानी गरिएको संस्थाका व्यवस्थापक द्वारिका नेपाल बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट