काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले तिहार लक्षित विशेष मौसम बुलेटिन सार्वजनिक गर्दै भारी वर्षा एवं झरी नपर्ने बताएको छ ।
सार्वजनिक बुलेटिनअनुसार यस वर्ष तिहारमा देशको कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा मेघ गर्जन चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहने उल्लेख छ ।
बुलेटिनमा बाँकी भागमा मौसम मूख्यतया सफा रहने देखिएको विभागले जानकारी गराएको छ । बुलेटिनमा देशका उच्च पहाडी तथा हिमाली भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको जनाइएको छ ।