जुम्लामा राष्ट्रिय परिचयपत्र बनाउन टोली परिचालन-Sutra News

जुम्लामा राष्ट्रिय परिचयपत्र बनाउन टोली परिचालन

सोमबार, १९ कार्तिक २०८१

सोमबार, १९ कार्तिक २०८१

काठमाडौँ । सरकारले विभिन्न सेवा सुविधा लिनका लागि राष्ट्रिय परिचय पत्र अनिवार्य गरेपछि जुम्लामा परिचयपत्र बनाउनेको सङ्ख्या बढेको छ ।



जिल्ला प्रशासन कार्यालयमा गत एक वर्षका अवधिमा ६ हजार ५५६ जनाले राष्ट्रिय परिचयपत्र बनाएको प्रशासन शाखाका कम्युटर अपरेटर हेमन्त पुलामीले जानकारी दिए ।

कार्यालयको राष्ट्रिय परिचयपत्र शाखामा दैनिक ८० जनाभन्दा बढीको सङ्ख्यामा सेवाग्राही आउने गरेको कार्यालयले जनाएको छ ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्म एक हजार २२९ जनाले राष्ट्रिय परिचयपत्र दर्ता गरेको जिल्ला प्रशासन कार्यालयका प्रजिअ रामबहादुर शाहीले बताए ।

यहाँका आठवटै स्थानीय तहका वडामै पुगेर राष्ट्रिय परिचयपत्र बनाउनेको टोलीसमेत खटाएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । स्वदेशमा रोजगारीको सम्भावना नदेखेपछि विदेश जाने तयारीस्वरुप राहदानी लिने बढेको जिल्ला प्रशासन कार्यालयका राहदानी फाँटले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट