काठमाडाैं । क्यानडामा फेरि एक हिन्दू मन्दिरमा आक्रमण भएको छ । हिन्दू फोरम फर क्यानडाले एउटा भिडियो सेयर गरेको छ, जसमा केही सिख समुदायका मानिसहरूले मन्दिरमा उपस्थित भएका मानिसहरूमाथि आक्रमण गरेको देखिन्छ।
भारतीय उच्चायोगले विज्ञप्ति जारी गर्दै यस विषयमा असन्तुष्टि जनाउँदै आएको छ ।
जानकारीका अनुसार क्यानडाको टोरन्टो नजिकै ब्राम्पटनमा रहेको हिन्दू सभा मन्दिरमा यो हमला गरिएको हो । भिडियोमा सिख समुदायका मानिसहरु हातमा पहेँलो झण्डा लिएर आक्रमण गरिरहेको देख्न सकिन्छ ।
यसअघि पनि क्यानडामा हिन्दु मन्दिरलाई निशाना बनाएको खबर आएको थियो ।
घटनाप्रति क्यानडास्थित भारतीय उच्चायोगले एक प्रेस विज्ञप्ति जारी गर्दै दुःख व्यक्त गरेकाे छ । घटनाप्रति संवेदनशील हुन माग गरेकाे छ । एजेन्सीबाट