काठमाडौँ । पूर्वगृह मन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई थप २५ दिन हिरासतमा राख्न प्रहरीले माग गरेको छ । जिल्ला सरकारी वकिलको कार्यालयमार्फत प्रहरीले रविमाथि अनुसन्धान गर्न कास्की जिल्ला अदालतमा २५ दिनको म्याद मागेको हो ।
प्रहरीले २५ दिनको म्यान मागे पनि लामिछानेको पक्षबाट बहस गर्ने अधिवक्ताले अनुसन्धान भइसकेको दाबी गर्दै छाड्न माग गरेका थिए । न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासमा उनको पक्षका अधिवक्ताहरू नारायण घिमिरे, नारायण कँडेल, सुशील पन्तलगायतले बहस गरेका थिए ।
अदालतमा म्याद थप गर्ने वा नगर्ने भन्नेबारेमा पक्ष विपक्षबीच बहस सकिए पनि न्यायाधीशले आदेश सुनाउन बाँकी छ । यही कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका लामिछानेमाथि कास्की प्रहरीले सहकारी ठगीको अभियोगमा अनुसन्धान गरिरहेको छ ।